Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

एसियाली खेलकुद आजदेखि सुरु


सारांश

एसियाली खेलकुद आजदेखि सुरु
images

काठमाडौं । १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को कुम्भमेला आजबाट चीनको उत्तर दक्षिणी हाङ्चाउ सहरमा सुरु हुँदैछ। 

औपचारिक उद्घाटन आज हुने भए पनि केही खेलहरू यसअघि नै सुरु भइसकेका छन् । प्रतियोगिताको चिनियाँ राष्ट्रपति सी चिनफिङले हाङ्चाउ स्पोर्ट्स पार्क स्टेडियममा विशेष कार्यक्रमबीच उद्घाटन गर्नेछन् ।

उद्घाटन कार्यक्रममा सहभागी हुन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत थुप्रै मुलुकका राष्ट्रपति र सरकार प्रमुख तथा नेताहरू हाङ्चाउ सहर पुगेका छन्। प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट सिधै चीन गएका छन् । 

प्रतियोगितामा एसियाली मुलुकका कीर्तिमानधारी खेलाडीको ठूलो सङ्ख्यामा सहभागिता हुनेछ। भविष्यमा हृदयदेखि हृदयसम्म (हर्ट टु हर्ट एट फ्युचर) मूल नारा रहेको उक्त प्रतियोगिताका लागि हाङ्चाउ सहर हरेक तयारीका हिसाबले चुस्त, व्यवस्थित, सुन्दर, मनमोहक र झकिझकाउ तुल्याइएको छ। हाङ्चाउ ओलम्पिक खेलकुद केन्द्रमा चम्किलो लाइट समेतको व्यवस्थापन गरिएको छ।

विश्वका ४५ देशको सहभागिता रहने कुल ४० खेलमध्ये प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १ सय २७ महिला र १ सय २६ जना पुरुष गरी २ सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij