Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित


सारांश

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित
images
 
काठमाडौं । नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् ।
 
शनिबार संघको अध्यक्ष पदमा भएको  निर्वाचनमा चन्द निर्विरोध निर्वाचित भएका हुन् । उनी तेस्रो पटक अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
 
“आगामी कार्यकाल उत्कृष्ट गर्ने प्रयास गर्नेछौं । पदसँगै चुनौती पनि आउँछन् । जिम्मेवारी बढेको छ । अब टेस्ट क्रिकेटको आधार तयार पार्नुछ,” निर्विरोध चयन भएपछि सञ्चार माध्यमसँग चन्दले भने, “गएको कार्यकाल मिश्रित रह्यो । केही विवाद देखिए पनि सेफ ल्यान्डिङ भयो । विगतमा आशंका लागेका कुरा विस्तारै क्लियर हुँदै जान्छन् ।”

1695438088-f7UGa.jpgअध्यक्ष चन्दसँगै उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निविरोध चयन भएका छन् । यस्तै, सचिवमा पूर्वकप्तानसमेत रहेका पारस खड्का र प्रशान्तविक्रम मल्ल भिड्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij