Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

क्यानको सचिवमा पारस खड्का विजयी


सारांश

क्यानको सचिवमा पारस खड्का विजयी
images

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को चुनावी साधारणसभाबाट सचिवमा नेपाली क्रिकेट राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन् ।

शनिबार काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा भएको निर्वाचनमा पारसले जितका लागि आवश्यक ४८ मत ल्याउँदै निर्वाचित भएका हुन् । पारसका प्रतिद्वन्दी प्रशान्तविक्रम मल्लले ३७ मत ल्याए ।

क्यानका अरु पदाधिकारीहरु अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भइसकेका छन् ।

सदस्यहरुमा पनि महिला सदस्यमा जयन्तीदेवी भट्ट, कर्णालीबाट प्रतिनिधित्व गर्ने सदस्यमा श्रीधर केसी र लुम्बिनीबाट प्रदिप मजगैया निर्विरोध चयन भएका छन् ।

अरु पाँच प्रदेशबाट प्रतिनिधित्व गर्ने एक एक जना सदस्य र खुला ५ जना सदस्यका लागि पनि चुनाव भएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij