Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

१९ औं एसियाली खेलकुदको भव्य उद्घाटन


सारांश

१९ औं एसियाली खेलकुदको भव्य उद्घाटन
images

काठमाडौं। चीनको हाङझाउमा शनिबार एक भब्य कार्यक्रमबिच १९ औ एसियाली खेलकुदको उद्घाटन गरिएको छ।

हाङझाउ स्थित ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियम अर्थात ‘बिग लोटस’ मा चिनियाँ राष्ट्रपति सी जिनफिङले एसियाली खेलकुदको औपचारिक उद्घाटन गरेका थिए। राष्ट्रपति सीले उच्च महत्व दिएको यो प्रतियोगितामा चिनले आफ्नो टेक्नोलोजिको अधिक्तम प्रयोग गरेको छ।

उद्घाटन समारोहमा ४५ वटै देशका खेलाडीले मार्च पास गरेका थिए। नेपालको तर्फबाट निमा घर्ती मगर र  बिरबहादुर महराले राष्ट्रिय झण्डा बोकेकका थिए। उद्घाटन समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij