Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै


सारांश

सन्दीपविरुद्धको  मुद्दामा आज सुनुवाइ हुँदै
images

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदै छ । काठमाडौं जिल्ला अदालतमा सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिएको हो ।

गत असोज १ गते न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा राखिएको थियो ।

यसअघि गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार बसाइँसराई गरी गएको काठमाडौँको एक स्थानीय तहबाट बसाइसराई गर्दा पेस गरिएको कागजात माग गरेको थियो ।

आमाको उमेरमा विवाद देखिएपछि त्यसलाई पुष्टि गर्न आमाको जन्ममिति यकिन हुनेगरी कागजात समेत माग गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij