सारांश
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा चलिरहेको मुद्दा आज पनि स्थगित भएको छ ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीशको अभाव भएपछि सो मुद्दा पेसीमा नचढी स्थगित भएको हो। यसअघि असोज १ गते पनि मुद्दा हेर्ने न्यायाधीश नहुँदा सुनुवाइ स्थगित भएको थियो।
सरुवा भएर जानेले मुद्दा नहेर्ने र आउनुपर्ने आइनसकेका कारण सीमित न्यायाधीशले मुद्दा हेर्न नभ्याएका हुन् ।