Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

यू—१९ साफ च्याम्पियनसिप : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा


सारांश

यू—१९ साफ च्याम्पियनसिप : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा
images

काठमाडौं । माल्दिभ्सलाई ४–१ ले हराउँदै घरेलु टिम नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

तीन खेलाडीलाई रातो कार्ड देखाइएको खेलमा माल्दिभ्सलाई हराउँदै नेपाल समूह ‘ए’ को उपविजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो । यो समूहबाट यसअघि नै पाकिस्तानले विजेताको रूपमा अन्तिम चारको यात्रा तय गरिसकेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालको जितमा समिर तामाङले दुई गोल गरे । यस्तै, प्रशान्त लक्षम र निराजन धामीले गोल गरे । जितको दबाबसहित मैदान उत्रिएको नेपालले सुरुआतदेखि नै आक्रामण बुनेको थियो ।

नेपालले यसअघि पाकिस्तानसँग १–० को हार व्यहोरेको थियो । माल्दिभ्सले भने पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो ।

नेपालले अब फाइनल प्रवेशका लागि समूह ‘बी’ को विजेतासँग खेल्नेछ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij