सारांश
काठमाडौं । भारत साफ यू–१९ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनलमा नेपाललाई पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो ।
दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसँग टाइब्रेकरमा ३–२ गोल अन्तरले पराजित भयो । टाइब्रेकरमा नेपालका लागि अश्विन घोरासिनी र कुशल देउवाले गोल गरेका थिए । भने प्रशान्त लक्सम लिम्बु, लक्ष्मण थापा र विक्रम तामाङले पेनाल्टीमा गोल गर्न सकेनन् ।
यसअघि निर्धारित समयको खेल १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । भारतले २६ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । भने ७४ मिनेटमा नेपालका लागि समीर तामाङले बराबरी गोल फर्काएका थिए ।