Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

यु–१९ साफ च्याम्पियनसिपको उपाधि भारतले जित्यो


सारांश

यु–१९ साफ च्याम्पियनसिपको उपाधि भारतले जित्यो
images

काठमाडौं । फाइनलमा पाकिस्तानमाथि ३–० को जित निकाल्दै साविक विजेता भारतले साफ यू–१९ च्याम्पियनसिपको उपाधिमा ह्याट्रिक गरेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतलाई जित दिलाउन मङ्लेथाङ केप्गेनले दुई र ग्वग्वम्सार गोयरीले एक गोल गरे । खेलको ६४औँ मिनेटमा मङ्लेथाङ केप्गेनले भारतलाई अग्रता दिलाएका थिए ।

 

केप्गेनले नै ८५औँ मिनेटमा गोल गर्दै भारतको अग्रता दोब्बर पारे । इन्ज्युरी समयमा गोयरीले गोल गरेपछि भारतले ३–० को सहज जित पक्का गरेको हो ।

यसअघि, भारतले सन् २०१९ र २०२१ गरी लगातार दुई संस्करणको उपाधि जितेको थियो । त्यसअघि, २०१५ मा भएको पहिलो र २०१७ को दोस्रो संस्करणको उपाधि नेपालले जितेको थियो ।

पाकिस्तानले भुटानलाई र भारतले नेपाललाई पेनाल्टी सुटआटमा हराउँदै फाइनलमा स्थान बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij