Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

एसियाली खेलकुद : माल्दिभ्सलाई हराउँदै नेपाल क्वाटरफाइनलमा


सारांश

एसियाली खेलकुद : माल्दिभ्सलाई हराउँदै नेपाल क्वाटरफाइनलमा
images

काठमाडौं । चीनको होङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाली टिमले माल्दिभ्सविरुद्ध १३८ रनको फराकिलो जित निकालेको छ ।

आइतबार चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २१३ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्स १९.४ ओभरमा ७४ रनमै समेटियो ।

माल्दिभ्सलाई सस्तैमा समेट्न नेपालका अविनाश बोहराले ६ विकेट लिए । घातक बलिङ गरेका अविनाशले ३.४ ओभरमा ११ रन मात्र खर्चिए । कुशल भुर्तेल, सोमपाल कामी, सन्दीप लामिछाने र गुल्सन झाले समान एक विकेट लिए ।

माल्दिभ्सका मुआभिएथ गानीले सर्वाधिक ३६ रन बनाए । राहिद रसामले १२ र फरिद सियुसले १० रनको योगदान गरे । अरू खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालले यसअघि प्रतियोगिताको पहिलो खेलमा मंगोलियाविरुद्ध २७३ रनको कीर्तिमानी जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij