सारांश
काठमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगलबार भारतसँग क्वाटरफाइनल खेल्दैछ ।
यसअघि समूह चरणमा मंगोलिया र माल्दिभ्स जस्ता तुलनात्मक रुपमा कमजोर टिमलाई हराएर क्वाटरफाइनल पुगेको नेपालको असली परीक्षण भारतविरुद्धको खेलमा हुनेछ ।
अब नेपाल र भारत, बंगलादेश र मलेसिया, श्रीलंका र अफगानिस्तान तथा पाकिस्तान र हङकङबीच खेल हुनेछ । नेपाल र भारत तथा बंगलादेश र मलेसियाबीच हुने खेलको विजेताले सेमिफाइनल खेल्नेछ ।