काठमाडौँ / रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । वार्तामा पारस्परिक र विश्वव्यापी हितका विविध विषयमा छलफल भएको थियो ।टेलिफोन वार्तामा युक्रेन युद्धबारे छलफल भएको थियो । युद्ध अन्त्य गर्न प्रधानमन्त्री मोदीले वार्ता र कूटनीतिलाई जोड दिएको भारतीय प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।