Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

एसियाडमा नेपाललाई पहिलो पदक


सारांश

एसियाडमा नेपाललाई पहिलो पदक
images

काठमाडौं । हाङझाउ एसियाडमा नेपालले पहिलो पदक प्राप्त गर्ने पक्का भएको छ। बुधबार महिला कबड्डीमा इरानले बंगलादेशलाई ५६-१६ ले पराजित गरेसँगै नेपाल सेमिफाइनल प्रवेश गरेको हो। सेमिफाइनल प्रवेश गरेसँगै नेपालले एसियाडमा पहिलो पदका रुपमा कम्तिमा काश्य पदक निश्चित गरेको हो।

नेपालले दोस्रो पटक टिम खेलबाट पदक प्राप्त गरेको हो। यसअघि नेपालले जकार्तामा भएको एसियाली खेलकुदमा प्याराग्लाइडिङमा रजत पदक जितेको थियो। जुन उक्त एसियाडमा नेपालले जितेको एकमात्र पदक हो।

यसअघि नेपालले महिला कबड्डीमा सोमबार बिहान भएको खेलमा बंगालदेशलाई ३७-२४ ले पराजित गर्दै पदक सम्भावना बलियो बनाएको थियो। एसियाली खेलकुदको महिला कबड्डीमा सात टिम मात्र सहभागिता रहँदा नेपालले एक खेल जितेर नै पदक पाउने सम्भावना बढाएको थियो। जसको सुनिश्चितता इरानले बंगलादेशलाई हराएसँगै भएको हो।

एक समूहमा ३ र अर्को समूहमा ४ टिम छन्, जसमा तीन टिम रहेको समूहमा नेपाल पर्दा एक खेल जितेरनै सेमिफाइनलमा पुग्न सफल भयो। नेपालको समूहको बलियो टोली इरानले यसअघि समूहचरणको पहिलो खेलमा मंगलबार नेपाललाई ४३-१९ ले हराएको थियो।

एसियाली खेलकुदको कबड्डीमा सेमिफाइनलमा पराजित हुने टिमलाई पनि कास्य पदक दिने व्यवस्था भएकाले नेपालका लागि सेमिफाइनलमा पुग्दै कबड्डीबाट कम्तीमा कास्य पदक निश्चित गर्न सफल भयो। महिला कबड्डीको समूह ‘बी’ मा नेपाल, इरान र बंगलादेश छन्। समूह ‘ए’ मा दक्षिण कोरिया, भारत, थाइल्यान्ड र चाइनिज ताइपेई छन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij