Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

एसियाडमा रजत जितेकी एरिकाले साढे १९ लाख पाउने


सारांश

एसियाडमा रजत जितेकी एरिकाले साढे १९ लाख पाउने
images

काठमाडौं । नेपाली कराते खेलाडी एरिका गुरुङ १९ औं एसियाली खेलकुदको महिला ६८ केजी तौल समूहमा रजत पदक प्राप्त गरेकी छिन् । रजत पदक जितेकी एरिकाले पुरस्कार वापत नेपाल सरकारबाट साढे १९ लाख रुपैयाँ प्राप्त गर्ने भएकी छिन् ।

 यसअघि नेपालमा सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारी र २०१८ मा प्याराग्लाइडीङ टोलीले रजत पदक ल्याएका थिए । एरिका नेपालका लागि पहिलो स्वर्ण जित्ने इतिहास रच्नबाट भने बन्चित भइन् ।

यससँगै नेपालको १९ औं एसियाडमा दोस्रो पदक पक्का भएको छ । यसअघि महिला कबड्डीले कास्य पदक जितेको थियो ।

समग्र एसियाड इतिहासमा यो नेपालको २६ औं पदक हो । यसअघि नेपालले १८ औं संस्करणसम्म आइपुग्दा २ रजत र २२ कास्यसहित २४ पदक जितेको थियो । यसपटक नेपालले १ रजत र १ कास्य पक्का गरिसकेको छ । अब करातेमै ५० केजी समूहमा सविना श्रेष्ठले प्रतिस्पर्धा गर्न बाँकी छ ।

नेपालले १७ वर्षपछि एसियाडको एकै संस्करणमा दुई पदक जितेको हो । २०१० र २०१४ मा कास्यमा सिमित नेपाली टोली २०१८ मा एकल रजत जितेर फर्केको थियो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij