Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

एसियाडको २०औं संस्करण जापानमा हुने


सारांश

एसियाडको २०औं संस्करण जापानमा हुने
images

काठमाडौं ।  तीन वर्षपछि जापानमा भेट्ने वाचासहित १९औं एसियाली खेलकुद (एसियाड)को आइतबार भव्य समापन भएको छ ।

हान्झाउस्थित हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा भव्य समारोहकाबीच हान्झाउ एसियाडको समापन गरिएको हो । बिग लोटस स्टेडियममा करिब दुई घण्टा चलेको समारोहमा विभिन्न प्रस्तुति समेत भएको थियो ।

२०२६ मा हुने २०औं संस्करणको आयोजक जापानको आइची नागोयालाई झण्डा हस्तानतरण गर्दै १९औं एसियाड समापन भएको हो । समापन समारोहका १९औं एसियाडको भिडियो हाईलाइट्ससहित विभिन्न उत्कृष्ट क्षणहरुको भिडियो देखाइएको थियो ।

अहिलेसम्मकै ठूलो एसियाडको रुपमा रहेको हान्झाउमा ४५ देशका १२ हजार भन्दा बढी खेलाडी ले ४८१ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए । सहभागी ४५ मध्ये ४१ राष्ट्रले पदक जिते ।

जसमा आयोजक चीनले कीर्तिमानी २०१ स्वर्ण जित्दै आफ्नो प्रभुत्व कायम राख्दा जापान दोस्रो र दक्षिण कोरिया तेस्रो भयो । नेपाल एक रजत र एक कास्य जित्दै संयुक्त रुपमा ३३औं स्थानमा रह्यो ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij