Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

नेपाली महिला फुटबल खेलाडी 'साम्बा' इजरायलमा, फ्लाइट नहुँदा रोकिइन्


सारांश

नेपाली महिला फुटबल खेलाडी 'साम्बा' इजरायलमा, फ्लाइट नहुँदा रोकिइन्
images

काठमाडौं । नेपाली महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी 'साम्बा' ले आफू इजरायलमा सुरक्षित रहेको बताएकी छन्।

उनी हापोइल रानाना क्लबबाट इजरेली प्रिमियर लिग खेल्न गत साउनमा इजरायल गएकी थिइन्। त्यसयता क्लबले उपलब्ध गराएको अपार्टमेन्टमा बस्दै आएकी थिइन्। 

शनिबार बिहान प्यालेस्टाइनको इस्लामिस्ट समूह 'हमास'ले आक्रमण गरेपछि भने ‍आफू इजरायलस्थित नेपाली दूतावासका स्वकीय सचिव अर्जुन घिमिरेको परिवारसँग बसिरहेको र सुरक्षित रहेको  बताइन्।

‘पहिले क्लबले नै उपलब्ध गराएको अपार्टमेन्टमा बसिरहेकी थिएँ, हमासले आक्रमण गरेर स्थिति तनावग्रस्त बनेपछि नेपालीहरू सँगै बस्यो भने सजिलो हुन्छ भनेर यता आएँ,' उनले भनिन्।

त्यहाँबाट आफू खेलिरहेको क्लबले नेपाल फर्काउन कोशिस गरेको भएपनि फ्लाइट नहुँदा आफू रोकिएको उनले बताइन्। 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij