सारांश
काठमाडौंं । चीनको हान्झाउमा जारी १९ औं एसियाली खेलकुदमा सहभागी भएर नेपाली टोली स्वदेश फर्किएको छ ।
एक रजक र एक कास्यपदक जितेर फर्किएको टोलीलाई राष्ट्रिय खेलकुद परिषद र खेलाडीका आफन्तजनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । उनीहरुले खेलाडीलाई खादा र फूलले स्वागत गरेका थिए ।