Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

फिफा विश्वकप–२०२६ छनोट : लाओससँग नेपालको परीक्षा


सारांश

फिफा विश्वकप–२०२६ छनोट : लाओससँग नेपालको परीक्षा
images
काठमाडौं । फिफा विश्वकप– २०२६ छनोटको पहिलो चरणअन्तर्गत दोस्रो लेगमा मंगलबार (आज) लाओसविरुद्ध जित्नै पर्ने दबाबसहित मैदान उत्रिदै छ ।
यसअघि दशरथ रंगशालामा सम्पन्न पहिलो लेगमा १/१ को बराबरीमा रोकिएपछि दोस्रो चरण प्रवेशका लागि आज नेपाललाई जित्नै पर्ने दबाब छ । फिफाले अवे गोलको जित हटाएका कारण दोस्रो चरणमा प्रवेशका लागि दुवै टिमलाई स्पष्ट जितको आवस्यक छ । खेलको निर्धारित समयमा नतिजा नआए ३० मिनेट अतिरिक्त समय थप गरिनेछ । अतिरिक्त समयमा पनि नतिजा नआए खेलको निर्णय पेनाल्टी सुटआउटबाट हुनेछ ।

नेपाल र लाओसबीच हालसम्म चार पटक प्रतिस्पर्धा भएको छ । जसमध्ये तीन खेल नेपालले जित्दा एक खेल भने बराबरीमा टुंगिएको छ ।

दोस्रो चरणमा पुग्नका लागि अट्याकिङ फुटबल खेल्ने र जसरी पनि जित निकाल्ने नेपालको रणनीति छ । नेपाली टोलीका मुख्य प्रशिक्षक भिनचेन्जो अल्बर्टो एनेसले लाओस विरुद्ध आक्रामक फुटबल खेल्ने बताएका छन् ।

लाओसस्थित न्यु लाओस राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समयअनुसार अपराह्न ५ः४५ बजेदेखि सुरु हुनेछ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij