Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

विश्वकप छनोट : लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा प्रवेश


सारांश

विश्वकप छनोट :  लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा प्रवेश
images

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटअन्तर्गत पहिलो चरणमा दोस्रो लेगमा लाओसलाई १–० ले हराउँदै नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ ।

मंगलबार लाओसस्थित न्यू लाओस राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा घरेलु टिमलाई हराउन नेपालका मनिष डांगीले निर्णायक गोल गरे । मनिषले ५३औँ मिनेटमा अन्जन बिष्टले निकालेको पासलाई ६ यार्ड बक्सबाट पोस्टको दिशा दिएका थिए ।

 

इन्जुरी टाइममा किरणले लाओसका खेलाडीले गरेको हेडर गोल लाइनबाट बचाउँदै घरेलु टिमको खेलमा फर्किने मौका टारेका थिए । लाओसविरुद्ध नेपालका अमृत श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरे । हिमालयन शेर्पाबाट घरेलु लिग खेल्ने अमृत इन्जुरी समयमा जिलेश्पीजंग कार्कीको स्थानमा मैदान प्रवेश गरेका थिए ।

यो जितसँगै नेपालले लाओसलाई समग्रमा २–१ ले हराउँदै दोस्रो चरणमा स्थान बनाएको हो । यसअघि दशरथ रंगशालामा भएको पहिलो लेगमा नेपाल १–१ को बराबरीमा रोकिएको थियो ।

छनोटको दोस्रो चरणमा कुल ३६ टिमले प्रतिस्पर्धा गर्नेछ । जहाँ प्रत्येक समूहमा चार टिम रहने गरी नौ समूहमा विभाजित हुनेछन् । प्रत्येक समूहका चार टिमले होम र अवे गरी कुल ६ खेल खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij