सारांश
काठमाडौं । नेपाल, हङकङ र युनाइटेड अरब इमिरेट्स (युएई) सहभागी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खला आजदेखि सुरु हुँदै छ ।
शृङ्खलाको पहिलो खेलमा नेपाली टिमले आज युएईसँग खेल्नेछ ।
रोहितकुमारको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख ९विकेटकिपर०, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, विनोद भण्डारी (विकेटकिपर), सन्दीप जोरा, श्याम ढकाल (मौसम), विवेक यादव, अविनाश बोहरा, सागर ढकाल, सूर्य तामाङ र लोकेश बम छन् ।
यसैबीच, यो शृंखलामा सन्दीप लामिछाने नखेल्ने भएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू कठिन अवस्थामा रहेका कारण शृंखलाबाट नाम फिर्ता लिएको बताएका थिए । सन्दीपविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ ।