Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

त्रिदेशीय टी-२० सिरिज : आज हङकङविरुद्ध नेपाल भिड्दै


सारांश

त्रिदेशीय टी-२० सिरिज : आज हङकङविरुद्ध नेपाल भिड्दै
images

काठमाडौं । नेपाल त्रिदेशीय शृङ्खलाको दोस्रो खेलमा आज हङकङविरुद्ध मैदान उत्रिँदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

यसअघि नेपालले पहिलो खेलमा बुधबार युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध सात विकेटको सहज जित निकालेको थियो । ट्वान्टी–२०विश्वकप छनोटको तयारी स्वरुप आयोजित शृङ्खलामा नेपाल, यूएई र हङकङ प्रतिस्पर्धा गरिरहेका छन् ।

 
मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा हुने खेल बिहान ११ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा हङकङको यो पहिलो खेल हो ।

नेपालले तेस्रो खेल कार्तिक ४ गते हङकङसँग नै खेल्नेछ । त्यसपछि नेपालले कात्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्नेछ । यूएई र हङकङले भने कात्तिक ५ र ८ मा खेल्नेछन् ।

लिग चरणका सबै खेल मुलपानी हुनेछ । तर, फाइनल खेल भने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij