सारांश
काठमाडौं । अर्को साता सुरु हुने २२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा १० टोलीको टुंगो लागेको छ । पोखरा रंगशालामा पुस १४ देखि २३ गते सम्म हुने प्रतियोगितामा यसपटक विजेताले १२ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रथम पुरस्कारमा २ र दोस्रोमा १ लाख वृद्धि गरिएको हो ।
प्रतियोगितामा साविक विजेता नेपाल एपिएफ क्लब, साविक उपविजेता मनाङ मस्र्याङ्दी क्लबसहित त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, अमेरिकाको बिवाईएसस्सी, मछिन्द्र क्लब, नेपाल प्रहरी फुटबल क्लब, संकटा क्लब , धरान फुटबल क्लब र आयोजक सहारा क्लब पोखराले भाग लिने छन् ।