Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

भूकम्पपीडितलाई राखेपको सहयोग


सारांश

भूकम्पपीडितलाई राखेपको सहयोग
images

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले जाजरकोट भूकम्पपीडितलाई ९ लाख ६० हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

जाजरकोट केन्द्रविन्दु बनाएर कात्तिक १७ गते गएको भूकम्पबाट पुगेको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै परिषद्ले पदाधिकारी तथा कर्मचारीहरुको एक दिनको पारिश्रमिक वापतको ९ लाख ६० हजार ६८ रुपैयाँ उपलव्ध गराउने भएको हो । 

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा बसेको बैठकले परिषद्का पदाधिकारी तथा सम्पूर्ण कर्मचारीहरुको एक दिन बरावरको पारिश्रमिक वापतको उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij