Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

एन्फाको विशेष साधारण सभा आज : अध्यक्ष नेम्वाङले अविश्वासको प्रस्ताव सामना गर्ने


सारांश

एन्फाको विशेष साधारण सभा आज : अध्यक्ष नेम्वाङले अविश्वासको प्रस्ताव सामना गर्ने
images

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा मकवानपुरको हेटौँडामा आज हुँदैछ ।

विशेष साधारण सभाको मुख्य एजेन्डा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको बर्खास्ती सम्बन्धी छ । अध्यक्षको बर्खास्ती सम्बन्धी निर्णयको छिनोफानो आजै हुने स्रोतले बतायो ।

एन्फाका बहुमत सदस्यले गत भदौमा वर्तमान नेतृत्वले काम गर्न नसकेको भन्दै विभिन्न १९ आरोपसहित अध्यक्ष नेम्वाङसहित महासचिव किरण राईलाई बर्खास्तीको माग गर्दै एन्फामा निवेदन पेश गरेका थिए ।

तर अध्यक्ष नेम्वाङले आफू मात्र बर्खास्तीको प्रस्ताव फेस गर्ने निर्णय गर्दै विशेष साधारण सभामा उक्त एजेन्डा लगेका हुन् । विधान अनुसार महासचिवको नियुक्ति र बर्खास्तीको अधिकार कार्यसमितिलाई दिइएको भन्दै अध्यक्ष नेम्वाङले आफ्नो मात्र एजेन्डा समावेश गरेका हुन् ।

नेम्वाङको बर्खास्तीको विषयमा आजै विशेष साधारण सभामा मतदान हुनेछ । एन्फाको कूल १०७ सदस्य (जिल्ला, क्लब, संघ) मध्ये विशेष साधारण सभामा ८७ जनालाई मात्र मताधिकार हुनेछ ।एन्फा विधान अनुसार अध्यक्षको बर्खास्तीका लागि दुई तिहाइ मत आवश्यक पर्छ । अध्यक्षको बर्खास्तीका लागि कम्तीमा पनि ५८ मत आवश्यक पर्नेछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij