सारांश
काठमाडौं। राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा इन्दु बर्मा नियुक्त भएकी छन्।
हङकङमा हुने चार देश सम्मिलित टी-२० शृखलाका लागि घोषित राष्ट्रिय टोलीमा इन्दु कप्तान रहेको उल्लेख छ। उपकप्तानको जिम्मेवारीमा विन्दु रावल छन्।
अन्य सदस्यमा सिता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ र कन्चन श्रेष्ठ छन्। यस्तै सोमु विष्ट, पुजा महतो, रोमा थापा, संगिता राई, खुसी डंगोल, सम्झना खड्का र सोनी पाख्रिनले पनि राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।