सारांश
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्धको बर्खास्तीको प्रस्ताव अस्विकृत भएको छ ।
हेटौंडामा बिहीबार भएको विशेष साधारण सभामा भएको मतदान ५३ मत खसेको थियो । बर्खास्तीको विपक्षीमा ५२ मत परेको थियो भने १ मत बदर भएको थियो ।
८६ मध्ये ३४ जनाले भने मतदान प्रक्रियामा नै भाग लिएनन् । अध्यक्षविरुद्धको अविश्वासको प्रस्ताव पास हुन दुई तिहाई मत आवश्यक पर्दछ । कडा सुरक्षा व्यवस्थाबीच विशेष साधारण सभा भएको थियो ।
एन्फा अध्यक्ष नेम्वाङको बर्खास्ती सम्बन्धि एकमात्र एजेण्डाको नियर्णका लागि विशेष साधारण सभा डाकिएको थियो । २०७९ असार ६ गते निर्वाचित एन्फा अध्यक्ष नेम्वाङले डेढ वर्ष नपुग्दै अविश्वासको प्रस्तावको सामना गर्नुपरेको थियो ।
भदौ २५ गते एन्फाका ४९ सदस्य संस्थाले अध्यक्ष नेम्बाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै प्रस्ताव पेश गरेको थिए ।