Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

फिफा विश्वकप २०२६ छनोट : फुटबलका महारथी अर्जेन्टिना र ब्राजिल दुवै पराजित


सारांश

फिफा विश्वकप २०२६ छनोट :  फुटबलका महारथी अर्जेन्टिना र ब्राजिल दुवै पराजित
images

एजेन्सी । फिफा विश्वकप २०२६ छनोट अन्तर्गत कन्मेबोल अर्थात् दक्षिण अमेरिकी छनोटका खेलमा दुई महारथी अर्जेन्टिना र ब्राजिल पराजित भएका छन् ।

अर्जेन्टिनाले उरुग्वे विरुद्ध हार बेहोर्दा ब्राजिल भने कोलम्बिया विरुद्ध पराजित भएको हो । अर्जेन्टिनाको घरेलु मैदान ला बम्बनेरामा भएको खेलमा पाहुना टोली उरुग्वेले २-० को जित हात पारेको हो । उरुग्वेका लागि बार्सिलोनाका डिफेन्डर रोनाल्ड आराउहो र लिभरपुलका डार्विन नुनेजले एक एक गोल गरे ।

जित पछि उरुग्वे तालिकाको दोस्रो स्थानमा छ । उरुग्वेको पाँच खेलमा ३ जित, १ बराबरी र १ हारसहित १० अंक पुगेको छ । पराजित अर्जेन्टिनाको भने पाँच खेलमा चार जित सहित पहिलो स्थानमा छ ।

यस्तै अर्को खेलमा कोलम्बियाले ब्राजिल विरुद्ध पुनरागमन जित निकालेको हो । ब्राजिलले खेलको चौथो मिनेटमा नै ग्याब्रिएल मार्टीनेलीको गोल बाट अग्रता लिएको थियो। तर खेलको अन्त्यतिर सम्हालिन नसक्दा ब्राजिल पराजित हुन पुग्यो ।

हार पछि ब्राजिल ५ खेलमा २ जित, १ बराबरी र २ हार सहित ७ अंक बटुल्दै पाँचौं स्थानमा छ । कोलम्बिया भने ५ खेलमा २ जित र तीन बराबरी सहित अपराजित रहँदै ९ अंक सहित तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij