काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् ।
शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले खनाललाई खनाललाई आगामी ४ वर्षका लागि सञ्चालक समितिले सीईओको जिम्मेवारी दिएको हो ।
कुमारी र एनसीसी बैंक मर्जर भई बनेको बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत रहेका खनाललाई मर्जरको १ वर्ष नपुग्दै शुक्रबारबाटै लागु हुनेगरी सीईओको जिम्मेवारी दिएको हो ।
खनाल साविकको कुमारी बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत थिए ।