Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

अष्ट्रेलियासँग विश्वकपका २३ ट्रफी


सारांश

अष्ट्रेलियासँग विश्वकपका २३ ट्रफी
images

एजेन्सी । अष्ट्रेलिया विश्व क्रिकेटको सर्वाधिप्रक सफल टोली हो । अष्ट्रेलियाले पुरुष, महिला र यु१९ मा गरेर हालसम्म २३ विश्वकप जितेकोछ ।

अष्ट्रेलियाले ६ एक दिवसीय विश्वकप, एक टि२० विश्वकप, महिला एकदिवसीय विश्वकप ७, महिला टि२० विश्वकप ६ र यु१९ विश्वकप ३ गरि कुल २३ विश्वकप उपाधि जितेकोछ ।

अष्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७, २०१५ र २०२३ मा विश्वकप जितेको थियो । टि२० विश्वकप २०२१ मा जितेको थियो ।

महिला टोलीले एकछत्र राज गरेकोछ । महिला तर्फ १९७८, १९८२, १९८८, १९९७, २००५, २०१३ र २०२२ मा विश्वकप उपाधि जितेको थियो ।

महिलातर्फ टि२० विश्वकप २०१०, २०१२, २०१४, २०१८, २०२० र २०२२ मा जितेको थियो ।

त्यस्तै यु१९ टोलीले १९८८, २००२ र २०१० मा विश्वकप उपाधि जितेको थियो ।

सिनियर टोलीले २००६ र २००९ मा च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो ।

यसै वर्ष टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतलाई हराउँदै उपाधि जितेको थियो । सम्रग रुपमा अष्ट्रेलियासँग आइसिसीको २६ ट्रफी छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij