सारांश
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङलाई एसिया रग्बीले प्रतिष्ठित सेवा पुरस्कारबाट सम्मान गरेको छ ।
सदस्य–सचिव घिसिङ एसिया रग्बीका कार्यकारी सदस्य पनि हुन् । सदस्य–सचिव घिसिङ २०१२ मा नेपाल रग्बी संघको अध्यक्षमा निर्वाचित भएएता २०२१ सम्म अध्यक्षको जिम्मेवारीमा थिए । २ वर्षअघि उनी राखेप सदस्य–सचिवमा नियुक्त भएपछि अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।