Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सुनचाँदीको मूल्य बढ्यो


सारांश

सुनचाँदीको मूल्य बढ्यो
images

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य गएको कारोबार दिनभन्दा तोलामा ३०० रुपैयाँले बढेको छ । यस दिन छापावाल सुन तोलाको ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । गएको शुक्रबार सुन तोलाको ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार तेजाबी सुन आज तोलाको ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस दिन चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर कारोबार भइरहेको छ । शुक्रबार तोलाको एक हजार १७० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।sun-gold.png

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij