सारांश
काठमाडौं । फिफा विश्व वरियतामा नेपाल यथावत रहेको छ। नोभेम्बर महिनामा नेपाल १७५ औं स्थानमा छ। अघिल्लो महिनामा पनि नेपाल १७५ औं स्थानमै थियो।
सार्क राष्ट्रमा भारत १०६औं स्थानमा छ। माल्दिभ्स १५६औं, भुटान १८५औं, बंगलादेश १९२औं, पाकिस्तान १९५औं र श्रीलंका २०७औं स्थानमा छन्।
पाँच पटकको विश्व च्याम्पियन ब्राजिल फिफा विश्व वरियताको शीर्ष स्थानमा कायमै छ।
३६ वर्षपछि फ्रान्सलाई हराएर विश्व विजेता बनेको अर्जेन्टिना फिफाले नोभेम्बर महिनाको विश्व वरियता बिहीबार सार्वजनिक गर्दा दोस्रो स्थानमा छ।