Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

फिफा वरीयतामा अर्जेन्टिना शीर्ष स्थानमा, नेपाल दुई स्थान खस्कियो


सारांश

फिफा वरीयतामा अर्जेन्टिना शीर्ष स्थानमा, नेपाल दुई स्थान खस्कियो
images

एजेन्सी । फिफा वरीयतामा विश्वकप विजेता अर्जेन्टिना शीर्ष स्थानमै यथावत् रहेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयतामा अर्जेन्टिना यथास्थानमा रहँदा ब्राजिल दुई स्थान खस्किएको छ । 

नयाँ वरीयताअनुसार ब्राजिल पाँचौँ स्थानमा पुगेको छ । यसअघि ब्राजिल वरीयताको तेस्रो स्थानमा थियो । इंग्ल्यान्ड र बेल्जियम भने समान एक स्थान माथि उक्लिएका छन् ।

 

बिहीबार आएको वरीयताअनुसार अर्जेन्टिना पहिलो र फ्रान्स दोस्रो स्थानमा यथावत् छन् । तेस्रो स्थानमा इंग्ल्यान्ड र चौथो स्थानमा बेल्जियम उक्लिएका छन् । पाँचौँ स्थानमा ब्राजिल, छैटौँ स्थानमा नेदरल्यान्ड्स, सातौँमा पोर्चुगल, आठौँमा स्पेन, नवौँमा इटाली र १०औँमा क्रोएसिया छन् ।

फिफा वरीयतामा नेपाली राष्ट्रिय फुटबल टिम दुई स्थान तल खस्किएको छ । नेपाल वरीयताको १७५औँ स्थानमा छ । यसअघि नेपाल वरीयताको १७३औँ स्थानमा थियो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij