सारांश
काठमाडौं । सरकारले तेस्रो लगानी सम्मेलनको मिति तय गरेसँगै एनसेल आजियाटा लिमिटेडले नेपालबाट बाहिरिने घोषणा गरेको छ ।
मलेसियाको आजियाटा कम्पनीले एनसेलको ८० प्रतिशत शेयर बिक्री गरेर नेपालबाट बाहिरिने निर्णय गरेको हो । आजियाटाले ७ वर्षअघि टेलिया सोनेरासँग एनसेलको शेयर किनेको थियो । त्यसबेलाको करको विवाद अहिलेसम्म कायमै छ । एनसेलको व्यापार लगातार खुम्चिँदै गएपछि आजियाटाले नेपाल छाड्न लागेको बुझिएको छ ।
एनसेलको नेपाली साझेदार सुनिभेरा क्यापिटल भेन्चर हो । भेन्चरको २० प्रतिशत शेयर रहेको छ । स्रोतका अनुसार ५ महिनाको छलफल र तयारीपछि भेन्चरले नै आजियाताको ८० प्रतिशत शेयर किन्ने भएको छ ।