सारांश
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले एनसेल बिक्री प्रकरणमा गहिरो विश्लेषणपछि सरकार निष्कर्षमा पुग्ने बताएका छन् ।
मंगलबार नवलपरासीको नवलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अर्थमन्त्री महतले एनसेल बिक्री प्रकरणमा सम्बन्धित निकायबाट जानकारी लिने काम भइरहेको र त्यसका आधारमा सरकार निष्कर्षमा पुग्ने बताए ।
किनबेच कुनै अनौठो विषय नभएको तर विधिपूर्वक कानुनी व्यवस्थाअनुसार भयो कि भएन भन्ने कुरा प्रमुख रहेको उनले बताए । “कानुनी व्यवस्थाअनुसार किनबेच भयो भएन भन्ने हो । कुनै कारणले रकम कम देखाएको त छैन ? त्यसको यथार्थ मूल्यभन्दा के कारणले तल भयो त्यसको छानबिन हुनुपर्छ,” अर्थमन्त्री डा. महतले भने, “तर, किनबेच हुँदैमा लगानी कर्ता आउन खोजेनन्, हाम्रो अर्थनीति ठिक भएन भन्ने होइन ।”