Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

मेस्सी भए टाइम एथलिट अफ द इयर २०२३


सारांश

मेस्सी भए टाइम एथलिट अफ द इयर २०२३
images

एजेन्सी। लियोनल मेस्सी टाइम एथलिट अफ द इयर २०२३ घोषित भएका छन् । मेस्सीले टाइमले एथलिट अफ द इयर घोषित हुने पहिलो पुरुष फुटबल खेलाडी बनेर इतिहास समेत रचेका छन् ।

मेस्सीको कप्तानीमा अर्जेन्टिनाले डिसेम्बर २०२२ मा कतारमा तेस्रो पटक फिफा विश्वकप जितेको ३ सय ५२ दिनपछि यो पुरस्कार घोषणा गरिएको हो । फ्रान्सविरुद्धको फाइनलमा २ गोलसहित ७ गोल गरेका मेस्सी विश्वकपको प्लेयर अफ द टुर्नामेन्ट घोषित भए ।

उनले विश्वकपको प्रत्येक राउण्डमा गोल गर्दै कीर्तिमान पनि बनाएका थिए । सन् २०१४ मा अर्जेन्टिना जर्मनीसंग पराजित भएको थियो । यद्दपी मेस्सी त्यो विश्वकपमा प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका थिए। विश्वकपको बेला पेरिस सेन्ट जर्मेनमा अनुबन्धित रहेका मेस्सी अहिले अमेरिकाको मेजर लिग सकर क्लब इन्टर मियामी पुगेका छन् छन् ।

अमेरिकामा पनि आफूलाई आइकनका रूपमा स्थापित गरिसकेका छन् । उनले मियामी पुग्ने बित्तिकै प्रभाव पार्दै टोलीको छोटो इतिहासमा पहिलो ट्रफी समेत जिताए । अमेरिकी फुटबलमा ठूलो प्रभावका कारण उनले यो अवार्ड जितेका हुन् । उसले मेजर लिग सकरलाई कुनै खेलाडीले ल्याउन नसकेको स्तरमा विश्वको आँखामा पुर्याएका छन् ।

अमेरिकाले २०२४ कोपा अमेरिका र २०२६ को विश्वकप आयोजना गर्ने तयारी गरेको अवस्थामा, मेस्सीको मियामी आगमनलाई अमेरिकी खेलकुदको नयाँ युगको उत्प्रेरकको रूपमा हेरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij