Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

डिशहोम मेगास्टार विजेता बने बैतडीका प्रतापसिंह थापा, पाए एक लाख


सारांश

डिशहोम मेगास्टार विजेता बने बैतडीका  प्रतापसिंह थापा, पाए एक लाख
images

काठमाडौं ।  डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानअन्तर्गतको विजेता बैतडीका प्रतापसिंह थापालाई पुरस्कार रकम प्रदान गरिएको छ ।

स्थानीय डिलरदाई ध्वजबहादुर थलालको समन्वयमा देहीमाण्डौं बैतडीमा आयोजित कार्यक्रममा थापालाई पुरस्कार रकम हस्तान्तरण गरिएको हो । 

कार्यक्रममा दशरथचन्द नगरपालिकाका मेयर पुष्करराज जोशी, डिश मिडिया नेटवर्कका सिनियर सेल्स अफिसर कमल रिमाल र लक्ष्मीराज जाशीले नगद एक लाख रुपैयाँ हस्तान्तरण गरे । 

डिशहोमले दशैँ–तिहार लक्षित मेगास्टार योजना  सार्वजनिक गरेको थियो । डिश मिडिया नेटवर्क व्यवस्थापनले उक्त योजनामा उत्साहजनक रुपमो लाभ उठाई रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहहलाई धन्यवादका साथै हरेक हप्ता नगद एक लाख जित्न सफल सबै विजेतालाई बधाई ज्ञापन गरेको छ । 

यसै कार्यक्रमको शीलशीलामा डिशहोमका कण्टेन्ट हेड रजत थापा एवं उनको साथमा कण्टेन्ट डेभलपमेन्ट अफिसर ओमिशान थापा र ग्राफिक भिजुलाईजर देवेन्द्र बस्नेत काठमाडौंबाट बाग्लुङ, गुल्मी, अर्घाखाँची हुँदै बैतडी पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij