सारांश
काठमाडौं । मूल्य अभिवृद्धि करको समस्या देखाएर मंसिर १९ गतेदेखि रोकिएको आलु–प्याजको कारोबार गर्न व्यवसायीहरू सहमत भएका छन्।
चार दिन पूर्ण कारोबार बन्द गरेका व्यवसायीहरूले शनिबारदेखि कारोबार खुला भएको बताएका छन्।
आइतबार कालिमाटी तरकारी बजारमा आलुको मूल्य तोकिए पनि प्याजको भने तोकिएको छैन। व्यवसायीहरू कारोबार गर्न सहमत भए पनि आयात नै रोकिएपछि कारोबार ठप्प भएको हो।
कालिमाटी तरकारी बजार पूर्णतः प्याजमा भारतीय बजारमा निर्भर छ। भारतले गत बिहीबार सूचना प्रकाशन गर्दै प्याजको निर्यातमा रोक लगाएको जानकारी गराएको छ। भारतले यसअघि निर्यातलाई निरूत्साहित गर्नको लागि भन्दै प्याजको निर्यातमा ४० प्रतिशत कर लगाएको थियो।