Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

स्टार्क बने आइपिएलकै सर्वाधिक महँगा खेलाडी


सारांश

स्टार्क बने आइपिएलकै सर्वाधिक महँगा खेलाडी
images

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी संस्करणका लागि कोलकाता नाइट राइडर्सले अस्ट्रेलियन बलर मिचेल स्टार्कलाई कीर्तिमानी २४.७५ करोड भारतीय रुपैयाँमा किनेको छ । 

मंगलबार यूएईमा जारी अक्सनबाट कोलकाताले विश्वकप विजेता स्टार्कलाई कीर्तिमानी मूल्य खर्चेर अनुबन्ध गरेको हो । योसँगै स्टार्क आईपीएलको इतिहासमै अहिलेसम्मको सबैभन्दा महंगो खेलाडी बने । यसअघि यसै अक्सनमा अस्ट्रेलियाका कप्तान प्याट कुमिन्सलाई सनराइजर्स हैदराबादले २०.५० करोड भारुमा अनुबन्ध गरेको थियो । 

र्कअघि कुमिन्स नै अहिलेसम्मको सबैभन्दा महंगो खेलाडी थिए । जारी अक्सनमा सहभागी १० टिमसँग दुई अर्ब ६२ करोड ९५ लाख भारतीय रुपैयाँ खर्च गर्न सक्ने अधिकार छ । 

आईपीएलमा ३३३ खेलाडी सर्टलिस्ट भए पनि १० टिमले ७७ खेलाडीमा बोली लगाउनेछन् । यस अक्सनका लागि १० टिममध्ये सबैभन्दा धेरै खर्च गर्न सक्ने टिमको शीर्ष स्थानमा गुजरात टाइटन्स छ । गुजरातले अक्सनमा ३८.१५ करोड भारतीय रुपैयाँ खर्च गर्न सक्छ । 

यो सूचीको दोस्रो स्थानमा सनराइजर्स हैदराबाद छ । हैदराबादले ३४ करोड रुपैयाँ खर्च गर्न सक्छ । तेस्रो स्थानको कोलकाता नाइट राइडर्ससँग ३२.७ करोड, चौथो स्थानको चेन्नाई सुपर किंग्ससँग ३१.४ करोड, पाँचौँ स्थानको पञ्जाव किंग्ससँग २९.९५ करोड, छैटौँ स्थानको रोयल च्यालेन्जर्स बेंगलोरसँग २३.२५ करोड भारु खर्च गर्न सक्ने अधिकार छ । 

सातौँ स्थानको मुम्बई इन्डियन्ससँग १७.७५ करोड, आठौँ स्थानको लखनउ जायन्ट्ससँग १३.५ करोड, नवौँ स्थानको राजस्थान रोयल्ससँग १४.५ करोड र १०औँ स्थानको लखनउ सुपर जायन्ट्ससँग १३.१५ करोड भारु खर्च गर्न सक्ने अधिकार छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij