Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

विदेशबाट ल्याएका मोबाइल पुस १५ पछि नचल्ने


सारांश

विदेशबाट ल्याएका मोबाइल पुस १५ पछि नचल्ने
images

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आगामी पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याउने भएको छ।

शनिबार एक सूचना जारी गर्दै प्राधिकरणले आगामी पुस १५ गतेभित्र मोबाइलहरु दर्ता गर्न पुनः आह्वान गर्दै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याउने जानकारी गराएको हो।

प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ, ‘नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट मिति २०७९ पुस १५ गते देखि दर्ता नगरिने र यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाइने हुँदा व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू प्रज्ञापन पत्रसहित राहदानी/नागरिकता/राष्ट्रिय परिचयपत्रको आधारमा मात्र mdms.nta.gov.np मा गई दर्ता गर्न अनुरोध गरिन्छ।’

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij