सारांश
एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ब्राजिललाई प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।
आइतबार फिफाले ब्राजिललाई फुटबल फेडेरेसनको जनवरीमा निर्वाचन हुने कुरामा प्रतिक्रिया जनाउँदै फिफाले प्रतिबन्धको चेतावनी दिएको हो ।
फिफाले फुटबलमा सरकारी हस्तक्षेपको सधैँ वर्जित गर्दै आइरहेको छ । यसैकारण अदालतको निर्णयअनुसार जनवरीमा निर्वाचन भए ब्राजिललाई प्रतिबन्ध लगाउने चेतावनी दिएको हो ।
प्रतिबन्धमा परे ब्राजिलको राष्ट्रिय टिम र कुनै पनि क्लबले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैन । विश्व फुटबलको सबैभन्दा सफल टिम ब्राजिलले हालसम्म सर्वाधिक पाँच पटक विश्वकपको उपाधि जितेको छ ।