Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

सन्दीपविरुद्धको मुद्दा : आज पनि ‘हेर्दा हेर्दै’मा, भोलि सुनुवाइ


सारांश

सन्दीपविरुद्धको मुद्दा : आज पनि ‘हेर्दा हेर्दै’मा, भोलि सुनुवाइ
images

 काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बलात्कार मुद्दामाथि जिल्ला अदालत काठमाडौंमा सुरु भएकाे सुनुवाइले बुधबार पनि निरन्तरता पाएको छ ।

तर बुधबार पनि सुनुवाइ नसकिएपछि जिल्ला अदालतले मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ । गत आइतबारदेखि सन्दीपविरुद्धको मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा निरन्तर सुनुवाइ भएको छ ।

बुधबार पनि सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरुले बहस गरेका छन् । सन्दीपका कानून व्यवसायीको बहस र पीडित पक्षको जवाफी बहसपछि इजलासले निर्णय सुनाउनेछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij