सारांश
काठमाडौं । प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले नेपाल दूरसञ्चार प्राधिकरणले अघि सारेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् ‘टेरामक्स’ खरिद प्रक्रियामा अपारदर्शी कारोबार भएको बताएका छन् ।
बुधबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सिंहले टेरामक्स खरिदका लागि लेनदेन अपारदर्शी भएको बताएका हुन् ।
टेरामक्समा भ्रष्टाचार भएको भन्दै उनले यसमा संलग्न नेता र कर्मचारी सबैलाई समाउनुपर्ने बताए ।