Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

अब तीन दिनमै लाइसेन्स बन्ने


सारांश

अब तीन दिनमै लाइसेन्स बन्ने
images

काठमाडौं । यातायात व्यवस्था विभागले अध्ययन तथा रोजगारीका लागि विदेश जानेहरूलाई तीन दिनभित्रै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिने भएको छ।

यसबाहेक विभागले शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेना र प्रहरीहरूका लागि पनि तीन दिनभित्र लाइसेन्स दिने बताएको छ।

बुधबार विभागले एक सूचना जारी गर्दै लाइसेन्स शिघ्र प्रिन्टका लागि पुस १५ गतेदेखि आवेदन दिन सकिने जनाएको छ।

सूचनामा भनिएको छ, 'निवेदन स्वीकृत भएको मितिदेखि तीन कार्य दिनभित्र प्राविधिक समस्या आएन भने स्मार्ट कार्ड छपाइ गरी यस विभागको सहायता कक्षबाट वितरण हुनेछ।'

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij