सारांश
काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) मा शनिबार फाइनल भिडन्त हुँदैछ।
एनएसएलको पहिल संस्करणमा समेत फाइनल पुगेको धनगढी दोस्रो पटक भने उपाधि जित्ने लक्ष्यमा रहेको छ।
पहिलो पटक फाइनल प्रवेश गरेको ललितपुर भने आफ्नो पहिलो फाइनल सहभागितामा नै उपाधि जित्ने लक्ष्यमा रहेको छ।
एनएसएलले दोस्रो संस्करणमा पुरस्कार राशिमा दोब्बर वृद्धि गरेको छ। जारी संस्करणको च्याम्पियनले नगद ७० लाख प्राप्त गर्दा उपविजेताले २० लाख मात्र पाउने छन्। यो पुरस्कार राशि पहिलो सिजनको भन्दा दोब्बर हो।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुने फाइनल रोमाञ्चक हुने आंकलन गरिएको छ। यसअघि पहिलो संस्करणमा काठमाडौं रेजर्ससँग १-० ले हारेको धनगढी यो पटक फाइन्ल हारको जिंक तोड्ने लक्ष्यमा छ।