सारांश
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले जितेको छ । शनिबार काठमाडौंको दशरथ रंगशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो । उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ पाएको छ ।
प्रतियोगितामा फेयर प्लेको उपाधि वीरगञ्ज युनाइटेडले पाएको छ । त्यस्तै उदीयमान खेलाडीको उपाधि धनगढीका रोहन कार्कीले पाएका छन् । सर्वोत्कृष्ट गोलकिपरको ललितपुरका जेफ्री विली मार्सल बाल्टुस घोषित भएका छन् । कार्की र जेफ्रीले जनही एक लाख रुपैयाँ पाएका छन् ।
प्रतियोगिताको सर्वाधिक गोलकर्ता ललितपुर सिटी एफसीका इमोह इजेकेल बनेका छन् । । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी ललितपुरका अनन्त तामाङ बनेका छन् ।