सारांश
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रमा कुरा बढी र काम कम हुने गरेको बताएका छन् ।
आइतबार काठमाडौंमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको एक कार्यक्रममा उनले पर्यटन क्षेत्रको विकासमा आफू लागिपरे पनि सोचेअनुसार अघि बढ्न नसकेको सुनाए ।
नेपालको पर्यटन नेपालीपनको हुुनुपर्नेमा आफूले जोड दिएको उनले दोहोर्याए । पर्यटन क्षेत्रमा नेपालीपन झल्काउन आफूले सांस्कृतिक गाउँ निर्माणको कुरा गरेको उनले उल्लेख गरे । तर, त्यसलाई मातहतका निकायले बुझ्न नसकेको उनको भनाइ छ ।
नेपालको स्थानीय पर्व र स्वादलाई ‘ब्रान्डिङ’ गरेर पनि पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न सकिने उनले बताए ।