Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

मेसी बने २०२३ मा गुगलमा सबैभन्दा धेरै खोजिएका फुटबलर, दोस्रोमा रोनाल्डो


सारांश

मेसी  बने २०२३ मा गुगलमा सबैभन्दा धेरै खोजिएका फुटबलर, दोस्रोमा रोनाल्डो
images

एजेन्सी ।अर्जेन्टिनी कप्तान लियोनल मेसी सन् २०२३ को  गुगलमा सबैभन्दा धेरै खोजिएका खेलाडी बनेका छन् । 

अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई सन् २०२३ मा गुगलमा मासिक एक करोड ८० लाख ४० हजार पटक खोजिएको थियो । मेसी हाल अमेरिकी मेजर लिग सकर क्लब इन्टर मियामीमा अनुबन्धित छन् । 

यो सूचीको दोस्रो स्थानमा पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो छन् । गएको वर्ष गुगलमा रोनाल्डोलाई मासिक औसत एक करोड ५० लाख २० हजार पटक खोजिएको थियो । रोनाल्डो हाल साउदी अरेबियन क्लब अल–नासरबाट व्यावसायिक फुटबल खेलिरहेका छन् ।

यस्तै, तेस्रो स्थानमा पीएसजीका फरवार्ड काइलियन एमबाप्पे छन् । एमबाप्पे वर्ष २०२३ मा मासिक औषत एक करोड २० लाख ५० हजार पटक गुगलमा खोजीका थिए ।

यो सूचीको चौथो स्थानमा म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हाल्यान्ड र पाँचौँ स्थानमा ब्राजिलका फरवार्ड नेइमार छन् । गत वर्ष हाल्यान्ड गुगलमा मासिक औषत एक करोड १० लाख ७० हजार पटक र नेइमार एक करोड ८० पटक खोजिएका थिए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij