Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

क्यानको वार्षिक क्यालेन्डर सार्वजनिक, अन्तर्राष्ट्रियतर्फ ३४ र राष्ट्रियतर्फ २८ कार्यक्रम


सारांश

क्यानको वार्षिक क्यालेन्डर सार्वजनिक, अन्तर्राष्ट्रियतर्फ ३४ र राष्ट्रियतर्फ २८ कार्यक्रम
images

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२४ को वार्षिक क्रिकेट क्यालेन्डर तय गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पत्रकार सम्मेलन गर्दै क्यानले वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।

सार्वजनिक तालिकाअनुसार नेपाली सिनियर राष्ट्रिय टिमले आउँदो फेब्रुअरी १० देखि १४ सम्म घरेलु मैदानमा क्यानडाविरुद्ध एकदिवसीय शृंखला खेल्नेछ । फेब्रुअरी २७ देखि मार्च ५ सम्म घरेलु मैदानमै नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय ट्वान्टी–२० शृंखला खेलिनेछ ।

यस्तै, मार्च १९ देखि ३० सम्म टेस्ट टोली आयरल्यान्डको ‘ए’ टिमसँग नेपालले पाँच एकदिवसीय र तीन ट्वान्टी–२० खेलको शृंखला खेल्नेछ ।

क्यालेन्डरअनुसार युवा विश्वकप खेल्ने नेपाली यू–१९ टिम जनवरी ५ देखि १२ सम्म दक्षिण अफ्रिकामा ‘हाई पफर्मेन्स क्याम्प’ मा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij