Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

नेपाल बास्केटबल संघको अध्यक्षमा भीमसिंह गुरुङ निर्विरोध


सारांश

नेपाल बास्केटबल संघको अध्यक्षमा भीमसिंह गुरुङ निर्विरोध
images

काठमाडौं । नेपाल बास्केटबल संघको पाँचौं साधारण सभाले भीमसिंह गुरुङको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । गुरुङ यसअघि संघको कार्यवाहक अध्यक्ष थिए ।

नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा जुमप्रसाद गुरुङ र मनीषकुमार हयोजुले उपाध्यक्ष, नरेन्द्र थापाले महासचिव, फनिन्द्रमान श्रेष्ठले सचिव तथा विष्णुहरि त्रिपाठीले कोषाध्यक्षको जिम्मेवारी पाए ।

पवनकुमार थापा, सरोजा कोइराला श्रेष्ठ, बसन्तराज गिरी, राजकुमार महर्जन र लोकेन्द्रबहादुर सिंह सदस्यमा चयन भए ।

नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत सरोजकुमार पोखरेलले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गर्नुका साथै पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij